अरुणाञ्चलको बालगृहले अदालतको आदेश मानेन, बलात्कृत नेपाली बालिकालाई आरोपीको परिवारलाई नदिने एजेन्सी।भारतको अरुणाञ्चलस्थित बालगृह मारिया चिल्ड्रेन होमले अदालतको आदेश अनुसार बलात्कार पीडित १४ वर्षे नेपाली बालिकालाई आरोपीको परिवारसमक्ष नबुझाउने बताएको छ।स्थानीय अदालतले जुन ४ मा ती बालिकालाई आरोपीको भाउजुलाई बुझाउन भनेको थियो।आरोपीका आफन्तकोमा पठाउँदा पीडितलाई थप यातना मिल्ने बताउँदै बाल गृहकी अध्यक्ष देशाई लिङ्गीले बालिका बुझाउन अस्वीकार गरेकी हुन्।उनले अदालतसमक्ष कोही तटस्थ व्यक्तिलाई बालिकाको अभिभावक नियुक्त गर्न अनुरोध गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्