२५ वटा बैंकबाट ४ हजार करोड ठग्ने व्यवसायी पक्राउ एजेन्सी। दिल्ली पुलिसले आइतबार एक व्यवसायीलाई पक्राउ गरेको छ। ४२ वर्षीय विनय शर्मालाई पुलिसले दिल्लीका २५ भन्दा बढी बैंकबाट ४ अर्ब भारतीय रुपैयाँ ठगेको आरोपमा पक्राउ गरेको हो। शर्माले पेट्रोल पम्प, हिमाञ्चल प्रदेशमा आईटी स्टार्टअप, आल्मुनियम उद्योग लगायतका व्यवसाय सञ्चालन गर्दै आएका थिए। पुलिसका अनुसार शर्मामाथि पाँचभन्दा बढी ठगीमा संलग्न भएको आरोप समेत लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्