इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा
एजेन्सी। इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन्। इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको स्वीकारेको छैन। सरकारले युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ। मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो। मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्