महिलालाई एकभन्दा बढी पति राख्न अनुमति दिने तयारीमा दक्षिण अफ्रिका
एजेन्सी। दक्षिण अफ्रिकामा महिलालाई एक वा एकभन्दा बढी पति राख्न अनुमति दिने सरकारी प्रस्तावले रुढीवादी वर्गमा हंगामा मच्चिएको छ। बहुपति राख्न पाउने ‘ग्रीन पेपर’ प्रस्ताव गृह मन्त्रालयले गत अप्रिलमा तयार गरेको हो। विवाहलाई समोवशी बनाउन महिलालाई बहुपति राख्न अनुमति दिन लागिएको प्रस्तावमा उल्लेख छ। दक्षिण अफ्रिकी सरकारले जुन ३०सम्म प्रस्तावका विषयमा सुझाव मागेको छ। रुढीवादी समूहले यसको विरोध गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्