राष्ट्रसंघमा भारतले भन्यो– महामारीमा स्कूल बन्द हुँदा बालबालिकालाई भर्ती गर्दैछन् आतंकवादी संगठन
एजेन्सी।भारतले संयुक्त राष्ट्रसंघमा संसारभरीका आतंकवादी संगठनमा ठूलो संख्यामा बालबालिकालाई भर्ती गरिएको बताएको छ। खासगरी कोरोना महामारीले स्कूल बन्द हुँदा आतंकवादी संगठनले यसको फाइदा उठाएको भारतले जनाएको छ।बालबालिकालाई आतंकवादी गतिविधिमा लगाइएको दाबी भारतको छ। यो खतरनाक र चिन्तजनक विषय भएको भारतले जनाएको छ।भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रसंघको सुरक्षा परिषदमा ‘सशस्त्र संघर्ष र बालबालिका’ विषयको बहसमा उक्त कुरा बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्