मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण तनहुँ। शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ। डिभिजन वन कार्यालय तनहुँले शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरेको हो। च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीयस्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्