नयाँ नेतृत्व चयन गर्न एनआरएनएद्वारा निर्वाचन समिति गठन काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्