भारतीय फरक धर्म मान्नेसँग विवाह गरेको रुचाउँदैनन् : अध्ययन
बीबीसी। अमेरिकी थिङ्कट्याङक प्यू रिचर्स सेन्टरले भातरमा गरेको एक अध्ययनले धेरैजसो भारतीय आफ्नो धर्मबाहेक अन्यमा विवाह गरेको नरुचाउने देखाएको छ। अध्ययनमा २६ राज्यका १७ भाषा बोल्ने ३० हजारलाई समेटिएको थियो। अध्ययनमा सहभागी ८० प्रतिशत मुसलमानले अर्को समुदायसँग विवाह गर्ने कार्य रोक्नु पर्ने धारणा राखेका थिए भने ६५ प्रतिशत हिन्दुले पनि अर्को समुदायसँग विवाह गर्न नहुने तर्क राखेका थिए।
प्रतिक्रिया दिनुहोस्