क्यानडामा गर्मी बढ्दा पाँच दिनमा १३४ जनाको मृत्यु, कोरोना खोप केन्द्र बन्द गरियो
एजेन्सी। क्याडनामा पछिल्ला दिन अत्याधिक गर्मी बढ्दा पाँच दिनमा १३४ जनाको मृत्यु भएको छ। क्यानडाको भ्यानकोभर क्षेत्रमा सबैभन्दा गर्मीले असर गरेको जनाइएको छ। मंगलबार त्यहाँ तापक्रम ४९.५ डिग्री पुगेको थियो। क्यानडा प्रहरीले धेरैको मृत्यु तातो हावाका कारण भएको बताएको छ। मंगलबार क्यानडामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रहेको थियो। गर्मी बढेपछि कोरोना खोप लगाउन सञ्चालन गरिएका केन्द्रहरु बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस्