चिनियाँ खोप ३ देखि १७ वर्षका बालबालिकामा प्रभावकारी
एजेन्सी।चीनमा बनेको कोरोना विरुद्धको खोप ३ देखि १७ वर्ष उमेरका बालबालिकामा पनि प्रभावकारी रहेको छ।बालबालिकामा दुई चरणमा गरिएको परीक्षण सफल भएको जनाइएको छ।दुई डोज लगाएका बालबालिकामा राम्रोसँग एन्टीबडी विकास भएको बताइएको छ।सिनोभ्याकले निर्माण गरेको कोरोनाभ्याक ५५० जना बालबालिकामा परीक्षण गरिएको थियो।बालबालिकालाई २८ दिनको फरकमा दुई खोप दिइएको थियो।वयस्कमा भन्दा बालबालिकामा प्रतिरोधात्मक क्षमता अझ राम्रोसँग विकास भएको अनुसन्धानकर्ताले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्