रुपा सुनारमाथि मानव अधिकार आयोगमा उजुरी
काठमाडौं। जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छन्। बुधबार प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेको भन्दै आफूमाथि षडयन्त्र भएको भन्दै सुनारलाई हदैसम्मको कारबाहीको माग गर्दै आज निवेदन दिएकी हुन्।
प्रतिक्रिया दिनुहोस्