यूरोपियन मुलुकमा पठाइदिन्छु भनी एक करोडभन्दा बढी ठगी, पीडितको बिचल्ली
काठमाडौं। इटाली पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार ललितपुर टिकाथलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका उमेश रेग्मी छन्। उनले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने सौगात सुनुवारलगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्