मनसुनजन्य विपदबाट २६ जिल्ला प्रभावित
रासस। मनसुन सुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनेका छन्। बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म विपदका कारण २६ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन्। अन्य १९ जना घाइते भएका छन्। त्यस्तै ४६२ घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्