कर्णालीमा एक सातामा ३९ लाखको सखरखण्ड भित्रियो
सुर्खेत । माघे संक्रान्ति (माघी) मा कर्णाली प्रदेशमा  एक सातामा ३९ लाख रुपैयाँको सखरखण्ड (गञ्जी) आयात भएको छ।

छिमेकी देश भारतबाट प्रति किलोग्राम ४५ देखि ५५ रूपैयाँका दरले ७७५ क्विण्टल सखरखण्ड भित्रिएको हो।

उक्त सखरखण्ड रत्न राजमार्ग भएर सुर्खेत भित्रिएको हो। आन्तरिक उत्पादनले नभ्याएपछि भारतबाट सखरखण्ड भित्रिएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले बताए।

कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाका अनुसार कर्णालीमा व्यवसायिक सखरखण्ड खेती छैन।

“वर्षमा माघी तिहारमा मात्रै प्रयोग हुने सखरखण्डकै उत्पादन न्यून भएपछि हामीले मागलाई हेरेर छिमेकी देश भारतबाट आयात गर्न बाध्य भएका हौं”, कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले भने

कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालीकोट, जाजरकोटलगायतका जिल्लाहरूमा सखरखण्ड आयात भएको हो।

कर्णालीको बजारलाई लक्षित गरेर भारतबाट आयात हुने तरुलको परिमाणमा भने कमी आएको छ।

वीरेन्द्रनगरको कृषि बजारमा रहेका फलफूल तथा तरकारी पसलहरुले सुर्खेतको ३० क्विण्टल आन्तरिक उत्पादन र ४५ क्विण्टल तरुल चितवनको बजारबाट ल्याएर स्थानीय माग पूर्ति गरेको जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्