फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्य ७०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला ७४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन प्रतितोला ७४ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।

२९ पुसमा छापावाला सुन ७४ हजार र तेजाबी सुन ७३ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

यसअघि २३ पुसमा नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।

पछिल्लो समय पश्चिम एशियामा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिंदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्