हाँस्य कलाकार बिल कस्बीलाई यौन हिंसामा दोषी ठहर गर्ने आदेश उल्टियो एजेन्सी।अमेरिकी हाँस्य कलाकार बिल कस्बीलाई यौन हिंसामा दोषी ठहर गर्ने तल्लो अदालतको आदेश पेन्सिलभेनियाको सर्वोच्च अदालतले उल्ट्याएसँगै उनी जेलबाट रिहा भएका छन्।आदेश सुनाउँदै न्यायाधीशले बिललाई दोषी ठहर गर्ने क्रममा प्रक्रिया उल्लंघन भएको बताएका छन्।उनले करिब दुई वर्ष जेलमा बिताएका थिए।पूर्व बास्केटबल खेलाडी एन्ड्रिया कन्स्ट्याण्डलाई लागुऔषध दिएको तथा यौन दुर्व्यवहार गरेको अभियोगमा सन् २०१८ मा बिललाई दोषी ठहर गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्