कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह सिरहा। अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई अनुरोध गरेको हो। सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्