काश्मीरको विशेषाधिकार सम्बन्धी धारा ३७० बहाल नगरेसम्म भारतसँग वार्ता हुँदैन : इमरान खान बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मीरसँग सम्बन्धित संविधानको धारा ३७० हटाउने फैसला फिर्ता नगरेसम्म भारतसँग कुनै पनि प्रकारको सम्बन्ध नराख्ने बताएका छन्। उनले हालको अवस्थामा भारतसँग कुनै सम्झौता नहुने पनि स्पष्ट पारेका छन्। बुधबार पाकिस्तानको संसदलाई सम्बोधन गर्दै उनले भारतको बीजेपी सरकारलाई काश्मीरका जनतामाथि शोषण गरेको आरोप समेत लगाए। “पुरै पाकिस्तान काश्मीरको साथ उभिएको छ,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्