काठमाडौं। नेपाल धितोपत्र बोर्डले चाँडै कमोडिटी एक्सचेन्ज (वस्तु खरीद–विक्रीको कारोबार) कम्पनीको लाइसेन्स जारी गर्ने बताएको छ।

बोर्ड नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी कमोडिटी बजार सञ्चालन गर्न पूर्वस्वीकृतिका लागि मापदण्ड तयार गरिएको र कमोडिटी बजार सञ्चालनका लागि आएका निवेदनको अध्ययन भइरहेको बताए।

कमोडिटी एक्सचेन्ज सञ्चालनको लागि ६ वटा कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

“कमोडिटी एक्सचेन्ज कम्पनीको छनौट चाँडै टुङ्गो लगाउँछौं। प्राप्त निवेदनहरूको अध्ययन भइरहेको छ। सक्षम कम्पनीहरूलाई अनुमति दिन्छौं”, ढुङ्गानाले भने।

बोर्डले कतिवटा कम्पनीलाई कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन्छ? भन्ने प्रश्नमा ढुङ्गानाले भने, “परीक्षामा पाँचै जनाले ८०-८० नम्बर ल्यायो भने एउटा मात्रै डिस्टिङ्सन भन्ने हुँदैन। प्राप्त निवेदन अध्ययन गर्दै छौं।”

ढुङ्गानाले कार्यक्रममा नेपाल स्टक एक्सचेन्जमा समय सापेक्ष सुधारको आवश्यकता रहेको पनि औंल्याए। “अहिले रियल टाईममा कारोबार हुन सकेको छैन। नेप्सेलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता छ। त्यसका लागि नेप्सेले पनि काम गर्नुपर्छ”, उनले भने।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारको काम गरिरहेको बताए।

पूँजीगत लाभकरको गणनालाई थप सरल र सहज बनाउन लगानीकर्ता स्वयंले सिडिएससीको वेबसाइटमार्फत् आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी, २१ वटा धितोपत्र दलाल व्यवसायीहरूले मार्जिन कारोबार गर्ने अनुमति पाएको र तीन संस्थाले कारोबार नै शुरू गरिसकेको बताए।

त्यस्तै, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइरहेको जानकारी  दिए। प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताए।

कार्यक्रममा पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि नेपाल सरकारले गठन गरेको समितिले दिएको ५८ बुँदे सुझाव मध्ये ६८ प्रतिशत सुझावको कार्यान्वयन भइसकेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए।

" /> काठमाडौं। नेपाल धितोपत्र बोर्डले चाँडै कमोडिटी एक्सचेन्ज (वस्तु खरीद–विक्रीको कारोबार) कम्पनीको लाइसेन्स जारी गर्ने बताएको छ।

"> आवेदन दिएका सबै कमोडिटी एक्सचेन्ज कम्पनीलाई लाइसेन्स बाँड्ने धितोपत्र बोर्डको तयारी: Dekhapadhi
आवेदन दिएका सबै कमोडिटी एक्सचेन्ज कम्पनीलाई लाइसेन्स बाँड्ने धितोपत्र बोर्डको तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्