क्यानडामा उच्च गर्मीका कारण २३० जनाको मृत्यु
रासस। क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा २३० जनाको मृत्यु भएको छ। क्यानडाका अधिकारीका अनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका छन्। क्यानडामा खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन्। हाल त्यहाँको तापक्रम ४९ दशमलव ६ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस्