साढे दुई महिनामा प्रकोपका घटनाबाट १०५ जनाको मृत्यु, २७ जना बेपत्ता काठमाडौं। पछिल्लो साढे २ महिनाको अवधिमा नेपालमा प्रकोपका घटनाबाट १०५ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख१ गतेदेखि असार १७ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। सो अवधिमा चट्याङ लागेर३४, पहिरोमा१४, बाढीमा १६, अविरल वर्षामा४, सर्पले टोकेर७, आगलागीमा परी११, डढेलोमा३, जनावरको आक्रमणबाट१२ र हावाहुरीबाट एक जनाको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्