टिकटकद्वारा उमेर नपुगेका ७३ लाख प्रयोगकर्ता निलम्बित
बीबीसी। टिकटकले योवर्षको पहिलो तीनमहिनामा झण्डै ७३लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ। उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशंका गरिएको अकाउन्टहरु निलम्बन गरिएका हुन्। टिकटकले निलम्बित अकाउन्टहरु कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताइएको छ। किशोर किशोरीमाझ चर्चित टिकटक१३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्र चलाउन पाउने नियम छ। टिकटकले१६ वर्ष नपुगेका प्रयोगकर्तालाई सन्देश र भिडियो प्रशारण गर्न नदिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्