दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावकबिहीन
रासस। दिल्लीमा गतवर्ष मार्चपछि कोभिड महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर)ले बिहीबार जनाएको छ। सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको हो। यीमध्ये ६७ बालबालिकाले आफ्ना दुवै अविभावक गुमाएका छन्। त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्