डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध काठमाडाैं। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्