अहिलेसम्मकै उच्च तापमान पुगेको क्यानडाको लीटन गाउँमा डढेलो एजेन्सी। क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको लीटन गाउँको ९० प्रतिशत भागमा डडेलो फैलिएको छ। स्थानीय सांसद् ब्राड भिसका अनुसार ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। लीटनका मेयर ज्यान पोल्डरम्यानले भने,"धेरै क्षेत्र बाँकी रहने छैन,जीवन जोगाउने भाग्यमानी भएको छु।" अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्