पहिरोमा पुरिएका दुईको जीवितै उद्धार तनहुँ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ।भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।बिहान अन्दाजी पाँच बजे खसेको पहिराले पुरिँदा घाइते भएका उनीहरूको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ। पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैंसी मरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्