बाढीपहिरोले गत वर्ष भत्काएका घर बनाउन सरकारले पठायो करिब २० करोड
काठमाडौं। बाढीपहिरोले गत वर्ष भत्काएका घरको पुनर्निर्माण गर्न सरकारले लाभग्राहीलाई १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ पठाइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दार्चुला, रुकुम (पश्चम), बाग्लुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, संखुवासभा, धनकुटा, भोजपुर, मोरङ, मकवानपुर, तनहुँ, स्याङ्जा, कास्की, रोल्पा, जाजरकोट, बझाङ, बाजुरा र कालिकोट गरी २० जिल्ला सो रकम पठाइएको हो।
प्रतिक्रिया दिनुहोस्