विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदलाई अनिर्णयको बन्दी नबनाउन चेतावनी दिएका छन्।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताउँदै संसदाई अनिर्णयको बन्दी नबनाउ सत्तापक्षलाई चेतावनी दिएका हुन्। देउवाले कांग्रेसलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने दाबी समेत गरे।
देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै नेकपाभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताए।
उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिए। देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने तर, संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्ने माग गरे।
एमसिसीलाई नेपाली कांग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेसको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गरे। रासस