अष्ट्रेलियाले अब सातामा विदेशबाट आउने तीन हजारलाई मात्र प्रवेश दिने
बीबीसी। अष्ट्रेलियाले जुलाई १४ बाट एक सातामा विदेशबाट आउने मात्र तीन हजार जनालाई आफ्नो देशमा प्रवेश दिने भएको छ। अष्ट्रेलियामा कारोना भाइरसको संक्रमण बढेपछि विदेशबाट आउने यात्रुमाथि कडाई गर्न लागिएको हो। आफ्ना नागरिक र छुट प्राप्त व्यक्तिलाई मात्र अष्ट्रेलिया आउने अनुमति दिइने जनाइएको छ। यो नियम सन् २०२१ डिसेम्बर अन्तसम्मै लागू हुन सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्