चीनको परमाणु हतियारलाई लिएर अमेरिका चिन्तित
बीबीसी। चीनले तिव्र गतिमा परमाणु हतियारको क्षमता विकास गरेकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हतियारको दौडका कारण विश्वमा अस्थिरता बढ्ने खतरा हुने र हतियार कम गर्न चीन संवादमा बस्नुपर्ने बताए। हालै वाशिङ्टन पोष्टले एक समाचारमा चीनले उत्तर–पश्चिम सहर युमेन नजिक एक मरुभूमीमा परमाणु मिसाइल राख्न सयभन्दा बढी गोदाम निर्माण गरेको उल्लेख गरेको थियो।
प्रतिक्रिया दिनुहोस्