अध्ययन भन्छ– जलवायु परिवर्तनको कारण ४१ करोड मानिस घरबार बिहीन हुनेछन् एजेन्सी।जलवायु परिवर्तनका कारण समुन्द्री सतह बढ्दा सन् २१०० सम्म विश्वका ४१ करोड मानिस घरबारबिहीन हुने एक अध्ययनले देखाएको छ।नेदरल्याण्ड्सका अनुसन्धानकर्ताले नेचर कम्युनिकेसन्समा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २१०० सम्म समुन्द्रको सतह तीन फिट बढ्ने उल्लेख छ।समुन्द्रको सतह बढ्दा धेरै टापुराष्ट्र र सहरहरु डुब्ने जनाइएको छ।अध्ययनमा हाल समुन्द्री सतहभन्दा ६ फुटभन्दा कम उचाईमा विश्वभर २६.७ करोड मानिस बसोबास गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्