काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सजगता अपनाउन आह्वान गरेका छन्।
२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा दिएको सन्देशमा प्रधानमन्त्री ओलीले भूकम्पको जोखिममा रहेको नेपाली भूभागमा प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन यस्तो आह्वान गरेका हुन्।
“हामीले राज्य–संरचनाका अङ्गहरूमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौं।”
प्रधानमन्त्री ओलीले १२ बैशाख २०७२ को भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव र ज्ञानलाई आत्मसात गरेर सरकार भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा अग्रसर भएको समेत बताएका छन्। साथै २०७२ सालको दुःखद अनुभवलाई विस्मृतिमा जान नदिइने उल्लेख गर्दै उनले भूकम्प प्रतिरक्षाका लागि जनसमुदायलाई सजग र तत्पर बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।
सरकार यतिखेर भूकम्प प्रभावित नागरिकको सुरक्षित आवास, विद्यालय, वस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको र गोरखा केन्द्रबिन्दु रहेको २०७२ सालको भूकम्पबाट पुगेको क्षतिलाई सरकारले पुनःनिर्माणमार्फत् निष्कर्षनजिक पुर्याएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
बारा र पर्सामा आएको हुरीप्रभावितहरूको उजाड वस्ती पाँच महीनामै निर्माण गरेर हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसलाई प्राकृतिक विपत्तिका बेला राज्यले देखाएको लगाव र तत्परताका रूपमा चित्रण गरेका छन्।
भूकम्पले ध्वस्त निजी आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमीनबाट उठाएर नवनिर्माणको सुखद तस्वीरमा बदलेको प्रधानमन्त्री ओलीको भनाइ छ।
“यस तथ्यले हाम्रो पुनःनिर्माण अभियान गन्तव्यनजिकै पुगेको संकेत गरिरहेको छ”, प्रधानमन्त्रीले भनेका छन्, “भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई हामीले कामद्वारा नै सम्बोधन गरिरहेका छौं र त्यसलाई हामी निकट भविष्यमै सम्पन्न गर्दैछौं।”
भूकम्पपछिको पुनःनिर्माण मात्र नभई सरकारले यसबीचमा बारा र पर्सामा आएको हुरीप्रभावितहरूको उजाड वस्ती पाँच महीनामै निर्माण गरेर हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसलाई प्राकृतिक विपत्तिका बेला राज्यले देखाएको लगाव र तत्परताका रूपमा चित्रण गरेका छन्।
“पुरातात्विक सम्पदाहरूको पुनःनिर्माणलाई हामीले परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तवरले अघि बढाएका छौं”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “जोखिमयुक्त स्थानमा रहेका वस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएर पुनःनिर्माणको काम सफलतापूर्वक अघि बढाइएको छ।”
सिङ्गो मुलुकलाई भूकम्पबाट सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, “कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्ने पूर्वतयारी कार्यमा विशेष ध्यान दिनैपर्छ, त्यसका लागि म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्दछु।”