इन्जिनमा खराबी आएपछि पाइलटले अमेरिकामा जहाजलाई समुन्द्रमा अवतरण गरे एजेन्सी।अमेरिकाको हवाई प्रान्तको राजधानी होनोलुलुमा पाइलटले एउटा कार्गो जहाजलाई समुन्द्रमा आपत्कालीन अवतरण गरेका छन्।इन्जिनमा खराबी आएपछि समुन्द्रमा आपत्कालीन अवतरण गरिएको जनाइएको छ।बोइङ ७३७ काग्रो विमानका दुवै जना चालकलाई कोस्र्ड गार्डले बचाएका छन्।जहाज होनोलुुलुबाट माउइ द्वीप जाँदै थियो। जहाज उडेर दुई माइल पर नजाँदै पानीमा अवतरण गरिएको थियो। फेडरल एभिएसन अथोरिटी र ट्रान्सपोर्ट सेफ्टी बोर्डले दुर्घटनाको जाँच गर्ने जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्