अमेरिकाले लगायो म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध एजेन्सी।अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्