इण्डोनेसियासँग नेपालको व्यापार घाटा १५ अर्बभन्दा बढी
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एघार महिनामा इण्डोनेसियासँग नेपालको व्यापार घाटा १५ अर्ब ६ करोड १४ लाख ५७ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा इण्डोनेसियाबाट नेपालमा १५ अर्ब ३२ करोड ४८ लाख ५१ हजार रुपैयाँको वस्तु नेपालमा भित्रिएको छ।सो अवधिमा नेपालबाट भने मात्र २६ करोड ३३ लाख ९५ हजार रुपैयाँको वस्तु इण्डोनेसिया निर्यात भएको छ।
प्रतिक्रिया दिनुहोस्