अमेरिका र क्यानडामा भीषण गर्मी, लूबाट मर्नेको संख्या ५८१ पुग्यो एजेन्सी।अमेरिका र क्यानडामा बढेको गर्मीका कारण मर्नेको संख्या ५८१ पुगेको छ। लूका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ।अमेरिकाको उत्तर–पश्चिम क्षेत्रमा गर्मीका कारण मर्नेको संख्या बढिरहेको छ। अमेरिकाको ओरिगन राज्यमा मात्र ९५ जनाको मृत्यु भएको छ। क्यानडामा ४८६ जनाको मृत्यु गर्मीका कारण भएको बताइएको छ। क्यानडा र अमेरिकाको केही स्थानमा अहिले तापक्रम ५० डिग्री हाराहारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्