३५ लाख मूल्य बराबरको मोबाइल बरामद
<p>काठमाडौं। भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोन सेट प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.६ख १५३४ र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बरामद भएको हो ।</p>
<p>प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए। “चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा मोबाइल बरामद गरेका हौं”, उनले भने । बरामद मोबाइल सेट अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्