कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
एजेन्सी। युरोपेली संघले कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागे पनि कोभिशिल्ड विरुद्धको खोप लगाएकालाई मान्यता नदिने संगेत गरेको छ। संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो। चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ।
प्रतिक्रिया दिनुहोस्