काठमाडौंमा ट्रिपर आतंकः ट्रिपरको ठक्करबाट दुई दिनमा चार जनाको मृत्यु
काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै ट्रिपर आतंक सुरु भएको छ। गएराति टोखा नगरपालिका–९ दिपज्योतिस्थित सडकमा बा.२ क ३४६६ नम्बरको ट्रिपरको ठक्करबाट बानियाटार डेरा गरी बस्ने सन्तोष अधिकारी र मोटरसाइकलमा सवार दिपेश थापाको मृत्यु भएको छ।हिजो बिहान सभा ४ बजे बा५ ख २५११ नम्बरको ट्रिपर मुलपानी नजिकै घरमाथि खसेको थियो।सो घटनामा ट्रिपरले किचेर दुई जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्