फिलिपिन्समा सैनिक विमान दुर्घटनाः १७ जनाको शव भेटियो बीबीसी। दक्षिण फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा त्यसमा रहेका १७ जनाको शव भेटिएको छ। विमानमा चालक दलका सदस्यसहित ९२ जना यात्रु रहेका थिए। सी–१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको फिलिपिन्स सेनाले जनाएको छ। जलिरहेको विमानबाट ४० जनाको सकुसल उद्धार गरिएको थियो। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। विमान धावन मार्गबाट चिप्लिँदा दुर्घटना भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्