काठमाडौं। नेपालमा उत्पादित वस्तुहरूको निकासी बढाउन सरकारले निर्यात गृह स्थापना गरिने भएको छ। साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको निर्यात सहजीकरण गर्ने लक्ष्यसहित सरकारले निर्यात गृह खोल्ने भएको हो।

घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित थोरै वस्तु संकलन गर्ने तथा निर्यात गर्ने उद्देश्यसहित निर्यात गृह खोल्ने लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले साना र घरेलु उद्योगहरूले सानो परिमाणमा उत्पादन गर्ने भएकाले आफैं निर्यात गर्न सक्दैनन्। सोही कारण उनीहरूको निर्यात सहजीकरण गर्ने लक्ष्यसहित निर्यात गृह स्थापनामा सरकार लागेको उनको भनाइ छ।

उनका अनुसार निर्यात गृहमा आवद्ध हुने निर्यातकर्ता व्यवसायीबाट उत्पादित निर्यात योग्य वस्तुको अन्तर्राष्ट्रिय बजार खोज्ने र निर्यात गर्ने सम्मको काम निर्यात गृहले गर्छ।

यसो गरेमा नेपालमा उत्पादित वस्तुको निर्यात बढ्ने मन्त्रालयको विश्वास छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् सरकारले साना, लघु, घरेलु तथा मझौला उद्योगबाट उत्पादित अलैंची, अदुवा, फेल्ट, फेसनका जस्ता वस्तुको निकासी बढाउने लक्ष्यसहित निर्यात गृहको अवधारणा अघि बढाइने घोषणा गरेको थियो।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार कार्यविधिको मस्यौदा तयार भइसकेकाे र उक्त मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रालयमा स्वीकृतिका लागि पठाइनेछ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)का सूचना अधिकारी शान्तिदेवी मल्लले कार्यविधिको मस्यौदा तयारी भइसकेको बताइन्। उनले अब उक्त मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रालयमा स्वीकृतिका लागि पठाइने बताइन्।

निर्यात गृह खोल्नका लागि सरकारले चालू आर्थिक वर्षमा ३२ लाख रूपैयाँ विनियोजन गरेको छ। निर्यात गृहको कार्यविधि तयार पार्न नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, नेपाल महिला उद्यमी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्यात परिषद्सँग टीईपीसीले आवश्यक छलफल गरिसकेको छ।

यस्तै, उक्त छलफलमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल पश्मिना संघ, नेपाल तयारी पोसाक उद्योग संघ, नेपाल धागो उत्पादक संघलगायत निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संघसंस्थासँग एक चरणको वार्ता गरिसकेको छ।

टीईपीसीले त्यस्ता संघसँग छलफल गरेर आएको निष्कर्षका आधारमा कार्यविधिको मस्यौदा तयार पारेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा स्वीकृतिका लागि पठाउनेछ।

" /> काठमाडौं। नेपालमा उत्पादित वस्तुहरूको निकासी बढाउन सरकारले निर्यात गृह स्थापना गरिने भएको छ। साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको निर्यात सहजीकरण गर्ने लक्ष्यसहित सरकारले निर्यात गृह खोल्ने भएको हो।

घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित थोरै वस्तु संकलन गर्ने तथा निर्यात गर्ने उद्देश्यसहित निर्यात गृह खोल्ने लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले साना र घरेलु उद्योगहरूले सानो परिमाणमा उत्पादन गर्ने भएकाले आफैं निर्यात गर्न सक्दैनन्। सोही कारण उनीहरूको निर्यात सहजीकरण गर्ने लक्ष्यसहित निर्यात गृह स्थापनामा सरकार लागेको उनको भनाइ छ।

उनका अनुसार निर्यात गृहमा आवद्ध हुने निर्यातकर्ता व्यवसायीबाट उत्पादित निर्यात योग्य वस्तुको अन्तर्राष्ट्रिय बजार खोज्ने र निर्यात गर्ने सम्मको काम निर्यात गृहले गर्छ।

यसो गरेमा नेपालमा उत्पादित वस्तुको निर्यात बढ्ने मन्त्रालयको विश्वास छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् सरकारले साना, लघु, घरेलु तथा मझौला उद्योगबाट उत्पादित अलैंची, अदुवा, फेल्ट, फेसनका जस्ता वस्तुको निकासी बढाउने लक्ष्यसहित निर्यात गृहको अवधारणा अघि बढाइने घोषणा गरेको थियो।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार कार्यविधिको मस्यौदा तयार भइसकेकाे र उक्त मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रालयमा स्वीकृतिका लागि पठाइनेछ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)का सूचना अधिकारी शान्तिदेवी मल्लले कार्यविधिको मस्यौदा तयारी भइसकेको बताइन्। उनले अब उक्त मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रालयमा स्वीकृतिका लागि पठाइने बताइन्।

निर्यात गृह खोल्नका लागि सरकारले चालू आर्थिक वर्षमा ३२ लाख रूपैयाँ विनियोजन गरेको छ। निर्यात गृहको कार्यविधि तयार पार्न नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, नेपाल महिला उद्यमी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्यात परिषद्सँग टीईपीसीले आवश्यक छलफल गरिसकेको छ।

यस्तै, उक्त छलफलमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल पश्मिना संघ, नेपाल तयारी पोसाक उद्योग संघ, नेपाल धागो उत्पादक संघलगायत निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संघसंस्थासँग एक चरणको वार्ता गरिसकेको छ।

टीईपीसीले त्यस्ता संघसँग छलफल गरेर आएको निष्कर्षका आधारमा कार्यविधिको मस्यौदा तयार पारेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा स्वीकृतिका लागि पठाउनेछ।

"> साना तथा घरेलु उद्योगको निकासी प्रवर्द्धन गर्न ‘निर्यात गृह’ खोलिँदै: Dekhapadhi
साना तथा घरेलु उद्योगको निकासी प्रवर्द्धन गर्न ‘निर्यात गृह’ खोलिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्