अफागानिस्तानमा तालिबान लडाकूले कन्दहार जिल्ला नियन्त्रणमा लिए
एजेन्सी। अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ। कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन्। तालिबानले ५० भन्दा बढी जिल्लाहरु कब्जामा लिइसकेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्