भारतको श्रीनगरमा ड्रोन माथि प्रतिबन्ध, भएकाहरुले प्रहरीलाई बुझाउनुपर्ने
एजेन्सी। भारतको श्रीनगरमा ड्रोनमाथि प्रतिबन्ध लगाइएको छ। प्रशासनले त्यहाँका सर्वसाधरणलाई आपूmसँग भएका ड्रोन समेत प्रहरीलाई बुझाउन आदेश दिएको छ। जम्मूमा रहेको भारतीय सेनाको हवाई मैदानमा आतंकवादीहरुले ड्रोनबाट आक्रमण गरेपछि श्रीनगरमा ड्रोनमाथि प्रतिबन्ध लगाइएको हो। प्रशासनले ड्रोन बिक्री वितरण गर्नमा पनि प्रतिबन्ध लगाएको छ। सुरक्षा कायम गर्न ड्रोनमाथि प्रतिबन्ध लगाइएको श्रीनगरका डीएम मोहम्मद एजाजले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्