अफगानी रक्षा मन्त्रालयको दाबी– पछिल्लो चौबिस घण्टामा ३०० तालिबान मारिए
एजेन्सी। अमेरिकी सेनाले अफगानिस्तान छोड्ने क्रमसँगै त्यहाँ सरकारी सुरक्षाकर्मी र तालिवान लडाकूबीच संघर्ष चर्केको छ। अफगानी रक्षा मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा भएका संघर्षमा ३०० तालिबान लडाकू मारिएको दाबी गरेको छ। सुरक्षा फौजले गरेको हवाई आक्रमणमा धेरै तालिबानको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्ला दिन तालिवान लडाकुले अफगानिस्तानका ५० भन्दा बढी जिल्ला कब्जा गरेको छ।
प्रतिक्रिया दिनुहोस्