खोप खरिदमा भ्रष्टाचारको आरोपबारे ब्राजिलका राष्ट्रपतिमाथि छानविन गर्न अनुमति
एजेन्सी।ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध कोभ्याक्सिन खरिद सम्झौतामा भएको भनिएको भ्रष्टाचारबारे छानविन गर्न अनुमति दिएको छ।उनीमाथि भ्रष्टाचारमा संलग्न स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि कारबाही नगरेको आरोप छ।तीन महिनाअघि मन्त्रालयका एक अधिकारीले कोभ्याक्सिनको अधिक मात्रा खरिद गर्न घुसको प्रस्ताव गरेको सार्वजनिक भएपछि खोप खरिद प्रक्रिया रद्द भएको थियो।बोल्सोनारोले भने आरोप अस्वीकार गर्दै विपक्षीले महाअभियोग लगाउन झुठा आरोप तय गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्