काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीलाई भेट्न दाहाल मध्याह्न १२ बजे बालुवाटार पुगेका थिए। अध्यक्षद्वयबीच करीब डेढ घण्टा छलफल भएको र छलफल प्रतिनिधि सभाको सभामुखको नाम तय गर्ने विषयमा केन्द्रित रहेको नेकपा स्रोतले जनाएको छ।
प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि गत असोजयता सभामुख पद रिक्त छ। नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गरेर सभामुख चयनको बाटो सहज पार्न आग्रह गरेपनि तुम्बाहाङफेले त्यसलाई अस्वीकार गर्दै आएकी छन्।
सभामुख चयनलाई लिएर नेकपाभित्र रस्साकस्सी चलिरहेको छ। प्रधानमन्त्री ओली पूर्वएमालेकै नेतालाई सभामुख बनाउनुपर्ने पक्षमा छन् भने पूर्वमाओवादी पक्षले सभामुख आफूले पाउनुपर्ने अडान राखिरहेको छ।
“छलफल सभामुखकै विषयमा केन्द्रित थियो”, नेकपा स्रोतले भन्यो, “तर, दुई नेताबीचको छलफलबाट के निचोड निस्कियो भन्ने जानकारी छैन।”
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीलाई भेट्न दाहाल मध्याह्न १२ बजे बालुवाटार पुगेका थिए। अध्यक्षद्वयबीच करीब डेढ घण्टा छलफल भएको र छलफल प्रतिनिधि सभाको सभामुखको नाम तय गर्ने विषयमा केन्द्रित रहेको नेकपा स्रोतले जनाएको छ।

">