फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुग्यो एजेन्सी। फिलिपिन्समा भएको हवाई सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुगेको छ। ९० जना भन्दा धेरै सवार रहेको विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ४० जनालाई उद्धार गरी अस्पताल लगिएको थियो भने पाँचजना अझै बेपत्ता छन्। फिलिपिन्सका सैनिक प्रमुख जनरल सिरिलितो सोबेजानाले अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटना भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्