बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण म्याग्दी।म्याग्दी प्रवासी नेपाली संघ(मोना)अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ।गत वर्ष पहिरोले घर भत्किएका,पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो।जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँच/पाँच लाख गरी कुल दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्