फिलिपिन्स सैनिक विमान दुर्घटनामा मर्नेको संख्या ५० पुग्यो, ४९ घाइते बीबीसी।फिलिपिन्सको दक्षिण क्षेत्रमा भएको ‘लकहीड सी–१३०’ सैनिक विमान दुर्घटनामा मर्नेको संख्या ५० पुगेको छ।दुर्घटनामा ४९ जना सैनिक घाइते भएका थिए।मृत्यु हुने र घाइते हुने अधिकांश सैनिक रहेका छन्।घाइतेको उपचार भइरहेको छ।विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा मर्नेमा विमानका यात्रु बाहेक हवाई मैदानमा रहेका तीन जना कर्मचारी पनि रहेको फिलिपिन्सको रक्षा मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्