महिला सैनिकलाई हाइ हिल्स लगाएर परेड खेलाउनु ‘यौन शोषण’
एजेन्सी।युक्रेनको महिला सैनिकले हाइ हिल्स लगाएर परेड गरेको तस्बिर सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ।रक्षा मन्त्रालयले प्रशंसा बटुल्न सार्वजनिक गरे पनि नतिजा उल्टो आयो।धेरैले महिलालाई हाइ हिल्स लगाएर परेड गर्न लगाएर उनीहरुको‘यौन शोषण’गरिएको प्रतिक्रिया दिएका छन्।युक्रेनको रक्षा मन्त्रालयमाथि ‘सेक्सिजम्’को आरोप लगाइएको छ।युक्रेनका नेता तथा सांसदले पनि यसको विरोध गरेका छन्।परेड युक्रेनको ३० औं स्वतन्त्रता दिवसको तयारीको लाग गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्